PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अध्यादेश र अदालतमा सांसदको मुद्दा टुंगिएपछि मात्रै सरकार विस्तार : माओवादी केन्द्र



अध्यादेश र अदालतमा सांसदको मुद्दा टुंगिएपछि मात्रै सरकार विस्तार : माओवादी केन्द्र
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले तत्काल सरकार विस्तार नहुने बताएको छ। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले राजनीतिक दल सम्बन्धि अध्यादेशबारे गठबन्धनमा सहमति नजुटेको र नेकपा (एकीकृत समाजवादी)का १४ सांसदबारे अदालतमा मुद्दा भएकाले तत्काल सरकार विस्तार नहुने बताए।

बुधवारको स्थायी कमिटीको बैठकमा तत्काल सरकार विस्तारका लागि कानुनी बाधा भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका थिए। सरकारमा रहेका दलहरुकै बीचमा सहमति हुन नसकेकाले सरकार विस्तारमा ढिलाइ भएको गुरुङले बताए।

‘हाम्रो पार्टीको कारणले होइन, सरकारमा रहका दलहरुले कुरा टुंग्याउनु पर्‍यो नि,’ उनले भने।

तत्काल सरकार विस्तारका लागि कानुनी अडचन रहेको उनको भनाइ छ।

‘कानुनी पक्ष नै टुंगिएको छैन। अहिले त अध्यादेश बारेमा, सर्वोच्च अदालतको फैसलाका बारेमा टुंगिएकै छैन। टुंगिएपछि होला सरकार विस्तार,’ गुरुङले भने।

सरकार गठन भएको साढे २ महिनासम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छैन। गठबन्धनका नेताहरुबीच सहमति जुट्न नसकेपछि देउवाले नेपाली कांग्रेसका नेता डा नारायण खड्कालाई मात्रै सरकारमा परराष्ट्रमन्त्रीका रुपमा सहभागि गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell