PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि लम्बियो, राजनीतिक प्रतिवेदन पारित



एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि लम्बियो, राजनीतिक प्रतिवेदन पारित
फाइल फोटो।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि लम्बिएको छ। आजको बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पास गरेको छ।

नेपालको प्रतिवेदनमाथि पाँच वटा समूह बनाएर छलफल भएको थियो। भोलि हुने बैठकले महासचिवको टुंगो लगाउने बताइएको छ।

पार्टीको तीन महिने अभियान सञ्चालनलगायतका विषयमा भोलिको बैठकमा निर्णय हुने बताइएको छ। यसअघि मंगलवार र बुधवारका लागि मात्र बैठक तय भएको थियो। यो एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell