PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस र माओवादी केन्द्रको मात्रै भएपनि मन्त्रीमण्डल विस्तार गर्ने देउवाको चाहना



कांग्रेस र माओवादी केन्द्रको मात्रै भएपनि मन्त्रीमण्डल विस्तार गर्ने देउवाको चाहना
फोटो : रोशन सापकोटा/रासस।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को मात्रै भए पनि मन्त्रीमण्डल विस्तार गर्न चाहेका छन्।

देउवाले अन्य पार्टी तयार नभएपनि कांग्रेस र माओवादी केन्द्रको मात्रै भएपनि मन्त्रीमण्डल विस्तार गर्न चाहेको कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले बताए।

‘नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम नदिएपनि कांग्रेस र माओवादी केन्द्रको मात्रै भएपनि मन्त्रीमण्डल विस्तार गर्न शेरबहादुर देउवाले चाहनुभएको छ,’ महतले भने।

सरकार गठन भएको साढे २ महिनासम्म पनि प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छैन। गठबन्धनका नेताहरुबीच सहमति जुट्न नसकेपछि देउवाले कांग्रेसका नेता डा नारायण खड्कालाई मात्रै सरकारमा परराष्ट्रमन्त्रीका रुपमा सहभागी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell