PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राष्ट्र संघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का आज न्यूयोर्क जाँदै



राष्ट्र संघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का आज न्यूयोर्क जाँदै
फोटो : facebook.com/lila.bhattarai

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का आज न्यूयोर्क जाँदै छन्। संयुक्त राष्ट्र संघीय महासभा (यूएनजीए)को ७६ औँ सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का न्यूयोर्क जान लागेका हुन्।

परराष्ट्रमन्त्री खड्काले ७६ औँ यूएनजीएको जेनेरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्कमा रहँदा मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन्। उनले आफ्ना समकक्षीहरु र संयुक्त राष्ट्र संघका उच्च अधिकारीहरुसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ

प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, राष्ट्र संघका लागि न्यूयोर्कमा नेपालको स्थायी प्रतिनिधि अमृत बहादुर राई र न्यु योर्कमा नेपालको स्थायी मिशनका अधिकारीहरु रहने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell