PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

डायलासिस मेसिन तत्काल थप गर्न शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाई निर्देशन



डायलासिस मेसिन तत्काल थप गर्न शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाई निर्देशन

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ। बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले डायलासिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले आत्मबल  बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताइन्। उनले छिटो भन्दा छिटो डायलासिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिइन्।

किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिइन्।

सभापति घर्तीले भनिन्, ‘डायलासिसको मेसिनहरु बढाउने कुराको योजना बनाउनुभएको छ, यो छिटो भन्दा छिटो डायलासिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुराहरु चाँडो गरियोस्, क्यान्सर औलोको उपचारको लागि विशेष हस्पिटलहरु बनेका छन्, किड्नी फेल हुने समस्याहरु नेपालमा अलि धेरै बढी भएको छ, त्यसलाई मध्यनजर गर्दै टिचिङ्ग हस्पिटलको नजिकै क्यान्सर हस्पिटलको पाँच तले भवन बनाएको छ। त्यस्तै किड्नी सम्बन्धि पनि विशेष हस्पिटल बनाएर अघि जाँदा राम्रो होला कि?’

सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell