PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वार्ता र संवादबाट संसद्को समस्या समाधान गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह



वार्ता र संवादबाट संसद्को समस्या समाधान गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह
फाइल फोटो।

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसद्मा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

राष्ट्रियसभाको बिहीवारको बैठक शुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका हुन्।

‘माननीय सदस्यहरु यहाँहरुले आफ्नो कुरा राखिराख्नु भएको छ। राष्ट्रले र सबैले यो सुनेको पनि छ’, बैठकको शुरुमा एमाले सांसद कोमल वलीले संसद् चल्न नसक्ने बताएपछि उनले भने, ‘वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसद्लाई नियमित चल्न दिनु नै उपयुक्त हुन्छ।’

राष्ट्रियसभाको आजको बैठकले एमालेको अवरोधका बीच 
प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell