PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस वर्षको मदन पुरस्कार लिम्बुवान पुस्तकलाई, भैरब बहादुर थापालाई जगदम्बा-श्री



यस वर्षको मदन पुरस्कार लिम्बुवान पुस्तकलाई, भैरब बहादुर थापालाई जगदम्बा-श्री

काठमाडौं : वर्ष २०७७ को ‘मदन पुरस्कार’ ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का लेखक भगिराज इङ्नामले पाउने भएका छन्।

मदन पुरस्कार गुठीको आज बसेको बैठक अनुसार २०७७ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा गरिएको हो। मदन पुरस्कारको आधिकारिक फेसबुक पेजमार्फत यसबारे जानकारी दिइएको छ।

साथै, यस वर्षको जगदम्बा-श्री पुरस्कार भने नृत्यशास्त्री भैरब बहादुर थापाले पाउने भएका छन्। थापा सात दशकदेखि नृत्य क्षेत्रमा सक्रिय छन्।

मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७७ का लागि विभिन्न ९ वटा पुस्तकहरू छनोट गरेको थियो। जसमा गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’ परेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell