PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

नेपाली रेलको हालत : उध्रिए छोपिएका पाल, लाग्न थाल्यो खिया, एक वर्षदेखि यसरी थन्काएर राखिएको छ इनर्वामा (फोटोहरु)

नेपाली रेलको हालत : उध्रिए छोपिएका पाल, लाग्न थाल्यो खिया, एक वर्षदेखि यसरी थन्काएर राखिएको छ इनर्वामा (फोटोहरु)

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट धनुषाको इनर्वामा एक वर्षदेखि थन्काएर राखिएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले आउँछ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। ६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम – जयनगरसम्म रेल गुडाउन दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन परिक्षण्को लागि जनकपुरधाम ल्याइएको थियो।

परिक्षणपश्चात रेल धनुषाको इनर्वा स्टेसनमा राखियो। गत वर्षदेखि त्रिपालले छोपेर राखिएको रेलको त्रिपालसमेत फाटिसकेको छ भने रेलका पाटपूर्जामा खियासमेत लाग्न थालेको छ। एक अर्बको लागतमा किनिएको दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि संचालनमा आउने भने कुनै छाँटकाँट नै देखिँदैन। रेलमा १३०० सिट क्षमता रहेको छ। खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गयो तर सञ्चालनका लागि पहल गतिलोसँग भएन। भारतसँग खरिद गरेर ल्याइएका ती रेलहरु खुला आकाशमुनि नै राखिएकाले खियासमेत लाग्न थालेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell