PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कांग्रेसले गर्‍यो पालिकादेखि प्रतिनिधिसभासम्म सबै वर्गको प्रतिनिधित्व सुनिश्चित



कांग्रेसले गर्‍यो पालिकादेखि प्रतिनिधिसभासम्म सबै वर्गको प्रतिनिधित्व सुनिश्चित

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

शुक्रवारको पदाधिकारी एवं पूर्व पदाधिकारी सहितको छलफलबाट पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट कम्तिमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक जना सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरिएको छ।

बैठकका निर्णयहरु :

१. पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट कम्तिमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक जना सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने।

२. प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक जना दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गर्ने।

३. प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक जना दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell