PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

निर्वाचन अधिकृत बेपत्ता भएको भन्दै काभ्रे कांग्रेसको पालिका अधिवेशन स्थगित भएको सभापति आचार्यको उद्घोष



निर्वाचन अधिकृत बेपत्ता भएको भन्दै काभ्रे कांग्रेसको पालिका अधिवेशन स्थगित भएको सभापति आचार्यको उद्घोष

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काभ्रेपलान्चोकमा शनिवारको लागि तय भएको पालिकास्तरीय अधिवेशन स्थगित भएको छ। जिल्ला सभापति मधु आचार्यले एक सूचना जारी गर्दै अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिना सूचना बेपत्ता भएको आचार्यले बताएका छन्। त्यस्तै, मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएकोले अधिवेशन स्थगित गरिएको उनले जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिनुभएका निर्वाचन अधिकृत श्री राजेन्द्र लामिछाने बिना सूचना बेपत्ता हुनुभएको, मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बद्ध सबै साथीहरुलाई जानकारी गराइन्छ।’

यता, निर्वाचन अधिकृत लामिछानेले भने आफू सम्पर्कविहीन नभएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले आफू पालिका स्तरको अधिवेशन गर्नको लागि केन्द्रबाट भएको निर्देशन अनुसार नै निर्वाचन सम्बन्धि काममा नै लागि रहेको बताएका छन्।

त्यस्तै, सचिवालयका शिवप्रसाद हुमागाँईले पनि लामिछानेलाई उदृत गर्दै भोलि हुने १३ वटै स्थानीय तहको अधिवेशन स्थगित नभएको जानकारी दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell