PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

देउवालाई विश्वप्रकाशको सुझाव : तेजाब आक्रमणविरुद्ध राज्य कठोर बन्नुपर्छ



देउवालाई विश्वप्रकाशको सुझाव : तेजाब आक्रमणविरुद्ध राज्य कठोर बन्नुपर्छ
फोटो : विश्वप्रकाश शर्मा/फेसबुक।

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रवक्ता विश्वप्रकाश शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्नुपर्ने सुझाव दिएका छन्।

सभापति देउवासँगको आजको भेटमा उनले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएका बताएका छन्।

जवाफमा देउवाले यस विषयमा आफू प्रष्ट र दृढ भएको भन्दै कानुन बनाउन मात्र नभई कार्यान्वयन गर्नपनि सरकार लाग्ने बताएको शर्माले जानकारी दिए।

त्यस्तै, पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेद्वारी घोषणा, सरकारका उपलब्धि र कमजोरीलगायत विषयमा पनि आफूले देउवासँग छलफल गरेको उनले बताए। भेटमा प्रचार विभागले महाधिवेशन पूर्व ‘चिन्तन चौधौँ महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको जानकारी गराएको शर्माले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell