PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वाग्मती प्रदेशका पाँच जिल्लामा आज कांग्रेसको गाउँ/नगर अधिवेशन नहुने



वाग्मती प्रदेशका पाँच जिल्लामा आज कांग्रेसको गाउँ/नगर अधिवेशन नहुने

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ।

तर वाग्तमी प्रदेशको पाँच जिल्लामा भने आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। काठमाडौं, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक र रसुवामा आज गाउँ/नगर अधिवेशन नहुने भएको हो। रामेछापले भोलिका लागि गाउँ/नगर अधिवेशन तय गरेको छ।

ललितपुरले पर्सि ११ गतेमात्र गाउँ/नगर अधिवेशन गर्ने जनाएको छ। काठमाडौंले १६ गतेका लागि गाउँ/नगर अधिवेशन तय गरेको छ। यता सिन्धुपाल्चोकले केही वडा अधिवेशन हुन बाँकी रहेको भन्दै आज हुने भनिएको गाउँ/नगर अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ। रसुवाको क्रियाशील सदस्यता सूची नै सार्वजनिक भएको छैन।

यसैगरी काभ्रेमा विवाद चर्कने संकेत देखिएको छ। जिल्ला सभापति मधु आचार्यले आजको अधिवेशन नहुने भन्दै विज्ञप्ति जारी गर्दा निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले भने आजै अधिवेशन हुने दाबी गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell