PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाग्मती प्रदेशद्वारा राष्ट्रिय स्तरको एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन



वाग्मती प्रदेशद्वारा राष्ट्रिय स्तरको एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन

हेटौँडा : प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले राष्ट्रिय स्तरको एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ। प्रशिक्षणका सबै कार्यक्रमहरु दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्धान्तिक कक्षाहरु सञ्चालन हुनेछन्।

वाग्मती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी रहेका छन्। एथ्लेटिक्स संघका प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा वरिष्ठ प्रशिक्षकहरु कान्ति महतो र धनिराम चौधरीले सहभागीहरुलाई प्रशिक्षण दिनेछन्। प्रशिक्षण कार्यक्रममा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एण्टी डोपिङको समेत कक्षा सञ्चालन गरिनेछ।

कार्यक्रममा नेपाली एथ्लेटिक्स इतिहासका कीर्तिमानि बैकुण्ठ मानन्धरले वाग्मती प्रदेश खेलकुद विकास परिषद्को खुलेर प्रशंसा गरे। राष्ट्रिय खेलकुद परिषद् र अन्य प्रदेश पनि सुस्ताएको बेला वाग्मती प्रदेशले गरेका कार्यक्रम र सक्रियताले खेलकुदमा नयाँ आशाको किरण सिर्जना गरेको उनले बताए।

कार्यक्रमका प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले प्रशिक्षकको समयानुकूल क्षमता विकास गर्न र सबै जिल्ला खेलकुदको समानुपातिक विकास गर्नको लागि उक्त कार्यक्रम सञ्चालन गरेको बताए। उनले यस्तो कार्यक्रमले ग्रासरुट लेभलमा खेलाडी उत्पादन गर्न र प्रशिक्षणलाई गाउँ गाउँमा सञ्चालन गर्न मद्दत पुग्ने बताए।

वाग्मती प्रदेशले यसै महिनामा एथ्लेटिक्ससहित अन्य तीन खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell