PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन



श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

काठमाडौं : नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपाल (पिजे क्लब)को एघारौँ साधारणसभाले आगामी दुई वर्षका लागि श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिका प्रसाद काफ्ले, सचिवमा नयाँ प्रत्रिका अमूल थापा निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, गोरखापत्रका विकास द्वारे प्रवक्तामा चयन भएका छन् भने सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसञ्चार डट कमकी वर्षा शाह, द हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध चयन भएका छन्।

निर्वाचित पदाधिकारीहरुलाई शनिवारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआइपीएसका कोषाध्यक्ष तथा अधिवक्ता निरजंन राजबंशी, वरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्व अध्यक्ष प्रकास माथेमा, पूर्व कार्यवाहक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरे।

क्लबले फोटोपत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्ययोजना बनाई विशेष महत्वका साथ कार्य गर्दै जानेछ भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हकहितका लागि अझै सक्रिय भूमिका निभाउँदै नेपाल पत्रकार महासंघको हरेक गतिविधिमा सक्रिय सहभागितासहित क्लबले पैरवी गर्दै जाने निर्णय साधारण सभाले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell