PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

कांग्रेस महाधिवेशन : खेलराज पाण्डेले बुटवल नगर सभापतिमा तेस्रो पटक मारे बाजी



कांग्रेस महाधिवेशन : खेलराज पाण्डेले बुटवल नगर सभापतिमा तेस्रो पटक मारे बाजी

बुटवल : नेपाली कांग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्। प्रतिद्वन्द्वी रिता केसीलाई झण्डै दोब्बर मतले हराउँदै पाण्डेले चुनाव जितेका हुन्।

हाल पनि नगर सभापति रहेका उनी तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका हुन्। उनले ४ सय १२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी रिता केसीले १ सय १४ मत ल्याइन्।

यस्तै, उपसभापतिमा ज्वोति भण्डारी र हितमान पुन विजयी भएका छन्। सचिवमा गंगा पन्थी र छापा पोखरेल विजयी भएका छन्। त्यस्तै, सहसचिवमा देवलाल अर्गाली र पुरुषोत्तम खनाल निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell