PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी



काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ।

शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।

कांग्रेसले ६४ जिल्लाको क्रियाशील सदस्यता जारी गरी अधिकांशमा वडा अधिवेशन सकाइसकेको छ। वडा अधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ/नगर अधिवेशन प्रारम्भ भएको हो। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सूची भने जारी नहुँदा ती जिल्लाको अधिवेशसन अनिश्चित बनेको छ।

वडा अधिवेशन सकिएका वाग्तमी प्रदेशको ३ जिल्लामा गाउँ/नगर अधिवेशन केही पर धकेलिएको छ। काठमाडौं, ललितपुर, सिन्धुपाल्चोकको गाउँ/नगर अधिवेशन केही ढिला हुने भएको छ। रामेछापमा आज गाउँ/नगर अधिवेशन तय गरेको छ।

ललितपुरले भोलि ११ गतेमात्र गाउँ/नगर अधिवेशन गर्ने जनाएको छ। काठमाडौंले १६ गतेका लागि गाउँ/नगर अधिवेशन तय गरेको छ। यता सिन्धुपाल्चोकले केही वडा अधिवेशन हुन बाँकी रहेको भन्दै आज हुने भनिएको गाउँ/नगर अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ। रसुवाको क्रियाशील सदस्यता सूची नै सार्वजनिक भएको छैन। भक्तपुरमा हिजोबाट शुरु भएको अधिवेशन आज मतदान हुँदैछ। सिन्धुली, मकवानपुर, दोलखा, नुवाकोटको नतिजा आउने क्रम जारी छ।

यसैगरी काभ्रेमा विवाद चर्कने संकेत देखिए पनि हिजैबाट गाउँ/नगर अधिवेशन शुरु भएको छ। विभिन्न जिल्लाबाट कांग्रेस गाउँ/नगर अधिवेशनको नतिजा आउने क्रम जारी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell