PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेस क्रियाशील सदस्यता : थप पाँच जिल्लाको सूची सार्वजनिक



कांग्रेस क्रियाशील सदस्यता : थप पाँच जिल्लाको सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ। शनिवार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सूची सार्वजनिक गरेको हो।

यो सँगै कांग्रेस क्रियाशील सूची सार्वजनिक भएको जिल्लाको संख्या ६९ पुगेको छ। अब ८ जिल्लाको क्रियाशील सूची सार्वजनिकका लागि काम भइरहेको कांग्रेसले जनाएको छ। कृष्णप्रसाद सिटौलाको नेतृत्वमा नेताहरु रमेश लेखक र डा मिनेन्द्र रिजालले क्रियाशील सदस्यता विवाद टुंग्याउन लागिपरेका छन्।

क्रियाशील सदस्यता टुंगो लागेका ६४ जिल्लामा वडा अधिवेशन सकिसकेको छ। वडा अधिवेशन सकेका जिल्लामा शनिवारबाट गाउँ/नगर अधिवेशनसमेत शुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell