PahiloPost

Jul 9, 2026 | २५ असार २०८३

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र स्थापना



सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र स्थापना

काठमाडौं : साहित्यकार स्वजन स्वराजको अध्यक्षतामा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र नामक साहित्य संस्था स्थापना भएको छ। कोरोना १९ महामारीका कारणाा दिवंगत भएका साहित्यकार प्राध्यापक, साहित्यिक पत्रकार तथा बौद्ध विश्व विद्यालयका परीक्षा नियन्त्रक र नेपाल बुद्धिजीवी परिषदका उप महासचिवसमेत रहेका सिद्धिश्वरमान श्रेष्ठको नाममा संस्था स्थापना भएको हो।

काठमाडौंस्थित श्रेष्ठको घरमा भएको भेलाले उपाध्यक्षमा डा केदारनाथ रन्जित, महासचिव जितेन्द्र रसिक, सचिवमा चन्द्रबहादुर केसी, कोषाध्यक्षमा स्वर्णिमा श्रेष्ठ चयन गरिएको छ। त्यसंगरी सदस्यहरूमा क्षितिज श्रेष्ठ, उषा केसी, प्रकाशलाल श्रेष्ठ र कमल सुवेदी चयन भएका छन्।

कार्यसमिति सल्लाहाकारमा लक्ष्मण कुँवर र डा मनोजकुमार थापा चयन भएका छन्। संरक्षकमा डा सावित्री श्रेष्ठ रहेकी छिन्। श्रेष्ठ निवास काठमाडौंमा भेला भएका साहित्यकार तथा प्राध्यापकहरूले साहित्यकार प्राध्यापक, साहित्यिक पत्रकारसमेत रहेका श्रेष्ठले नेपाली साहित्य र शिक्षामा पुर्‍याएको योगदानलाई निरन्तरता दिनुका साथै साहित्यिक गतिविधि सञ्चालन गर्ने र अक्षलोक साहित्यिक पत्रिकालाई नियमित प्रकाशन गर्ने तयारी गरिएको छ। केन्द्रले सिद्धिश्वरमान स्मृति पुरस्कार कोषसमेत खडा गरेको छ। हरेक वर्ष साहित्य र साहित्यिक पत्रकारितामा योगदान गरेका सर्जकलाई उक्त पुरस्कार प्रदान गरिने पनि केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell