PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘असन बजारमा’ गीतमार्फत नलिना चित्रकारको सांगीतिक क्षेत्रमा कमब्याक



‘असन बजारमा’ गीतमार्फत नलिना चित्रकारको सांगीतिक क्षेत्रमा कमब्याक

काठमाडौं : पप गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको गीत सार्वजनिक भएको छ। करिब छ वर्षको अन्तरालपछि चित्रकारले ‘असन बजारमा’ गीत ल्याएकी हुन्।

डिपी खनालले लेखेको गीतमा नलिना चित्रकारका साथै वेद बस्नेतको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। साथै गीतलाई अमोस तामाङले एरेन्ज गरेका हुन्।

सुब्रतराज आर्चायको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री अरिश्मा नकर्मी, नारायण प्रधान, उषा उप्रेती र कमल साउँद फिचर्ड छन्। गीतको भिडियो अमेरिका र नेपालमा छायांकन गरिएको हो।

अमेरिकाको छायांकन रामेश्वर कार्की र नेपालको छायांकन उत्सव दाहालले गरेका हुन्। नेपालमा प्रमोद भण्डारी र अमेरिकामा आइसा ओझाको गीतको भिडियोमा कोरियोग्राफी रहेको छ।

चित्रकारले यसअघि ‘पानी पानी भयो मेरो मन पनि’, ‘तिम्रो अधर तिम्रो नजर’, ‘मेहेन्दी लगाउ’, ‘प्रियतम’, ‘गोरी काली सानी मोरी’, ‘चाहिँदैन हीरा मोती’, ‘परेलीमा’लगायतका गीतहरु गाइसकेकी छिन्। जुन गीतहरु निकै हिट गीत हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell