PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थितरता उत्पन्न भयो : महन्थ ठाकुर



त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थितरता उत्पन्न भयो : महन्थ ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताएका छन्।

लोसपाका महिला नेतृहरुले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको जितियाको महत्व विषयक चर्चा एवं साँस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए।

ठाकुरले भने, ‘संविधानको धारा ७६ मा स्पष्ट व्याख्या भएको भए अहिलेको जे अवस्था छ, त्यो सिर्जना हुने थिएन।’

देशमा राजनीतिक अस्थितरता कायम रहेपनि आफूहरुले मधेसको समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराई सकेको उनले जानकारी दिए। देशमा गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसको मुद्दाको सवालमा जानकारी गराएको उनको कथन थियो।

अन्तरिम संविधानमा दिइएका अधिकारहरु समेत वर्तमान संविधानले कटौती गरेकाले संविधान संशोधनको सवालमा लोसपा अडिग रहेको ठाकुरको भनाइ थियो।

उनले भने, ‘संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ।’

अहिलेपनि मधेसी जनतामाथि नेपालमा विभेद कायमै रहेको बताउँदै ठाकुरले यो विभेदको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell