PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल ओमनसँग ७-२ ले पराजित



नेपाल ओमनसँग ७-२ ले पराजित
Photo: Oman Football Association/Twitter

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली ओमनसँग पराजित भएको छ। दोहास्थित कतार युनिभर्सिटी मैदानमा भएको खेलमा ओमनसँग नेपाल ७-२ गोलको फराकिलो अन्तरले पराजित भएको हो।

साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले ओमनसँग मैत्रीपूर्ण खेल खेलेको हो। ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ।

फिफा वरियतामा ओमन ७८ औँ स्थानमा छ भने नेपाल १६८ औँ स्थानमा छ। साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले यसअघि भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो।

साफ च्याम्पियनसिप अक्टोबर १ बाट माल्दिभ्समा शुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell