PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भरतपुर महानगरको कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी



भरतपुर महानगरको कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

काठमाडौं : नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन्। आइतवार भएको निर्वाचनबाट अधिकारी महानगर सभापतिमा निर्वाचित भएका हुन्। अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन्।

भरतपुर वडा २१ का वडाध्यक्षसमेत रहेका उनले ६४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे। अधिकारी केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

निर्वाचनबाटै नगर उपसभापतिमा वुद्धिकान्त न्यौपाने र विजयी घले चुनिए। न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरे।

नगरसचिवमा प्रनिसा गुरुङ र कृष्ण बगाले विजयी भए। सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएको नेपाली कांग्रेस चितवनले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell