PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी, यी हुन् मन्त्रिपरिषद्को पछिल्ला ८ निर्णयहरु



गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी, यी हुन् मन्त्रिपरिषद्को पछिल्ला ८ निर्णयहरु

काठमाडौं : सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ।

सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्विकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्विकृत गर्ने, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न पनि स्विकृत दिइएको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन, सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्विकृति दिने निर्णय पनि गरेको छ। सरकारले डोटीस्थित शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ।  मन्त्रिपरिषद बैठकले विपी कोईराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell