PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमालेमा १० बुँदे कार्यान्वयन गर्न भीम रावल बने संयोजक



एमालेमा १० बुँदे कार्यान्वयन गर्न भीम रावल बने संयोजक

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वनका लागि भीम रावल संयोजक रहने कार्यदल बनेको छ। सहमति कार्यान्वनयका लागि यसअघि नै ६ सदस्यीय कार्यदल गठन भएको भए पनि उपाध्यक्ष भीम रावललाई संयोजक बनाएर ७ सदस्यीय कार्यदल बनाइएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

ललितपुरको च्यासलमा आज सम्पन्न स्थायी कमिटीको बैठकले १० बुँदेमा देखिएका समस्या हल गर्ने निष्कर्ष निकालेको हो। 'अध्यक्षले विगतमा बनेको ६ सदस्यीय कार्यादलले नै समायोजन गर्ने भन्ने कुरा भएको छ। आजको बैठकको निष्कर्ष १० बुँदे कार्यान्वयन गर्ने भन्ने हो,' उनले भने। सोमवारको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ। यसअघि रावल, महासचिव ईश्वर पोखरेल, उपमसहासचिव विष्णु पौडेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सदस्य रहेको कार्यदल गठन भएको थियो।

यस्तै बैठकले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै कायम रहेको र समाजवादको दिशामा अगाडि बढने हाम्रो उद्देश्यमा छलफल गरेको थियो। 'अहिले भएको उपलब्धिको रक्षा गर्ने हो। प्रतिवेदनमा अझै एक रुपता ल्याउने कोसिस भएको छ,' भट्टराईले भने।

नेकपा एमालेको कार्यभार एकीकृत कम्युनिस्ट पार्टी बनाउने भएको उनको भनाई छ। 'सबै पार्टीसँग एकता गर्न र हाम्रो मुख्य प्रतिस्पर्धी दलसँग सहकार्य गर्ने भन्ने हो। कतिपय चिन्तनसँग लगातार संघर्ष गर्ने भन्ने हो,'  उनले भने।

बैठकमा १० बुँदे सहमतिबारे व्यापक छलफल गरेको भट्टराईको भनाई छ। ओली सहमति कार्यान्वयनका लागि सकारात्मक देखिएको उनले दाबी गरे।  'एमालेमै हुने हुनुभो। उहाँहरुको पनि सम्मान गर्ने र थप कमरेडहरुलाई एमालेमा आउन आह्वान गर्ने। १० बुँदे कार्यान्वयन गर्ने आजको बैठकको निष्कर्ष हो। १० बुँदे धेरै ठाउँमा समस्या छैन,'   भट्टराईले भने।

यस्तै मोर्चा संगठनमा पनि १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य गोकुल बास्कोटा र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी रहेको कार्यदल गठन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell