PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

ललितपुर महानगरको कांग्रेस सभापतिमा संस्थापन पक्षका सुभानन धाख्वा निर्वाचित



ललितपुर महानगरको कांग्रेस सभापतिमा संस्थापन पक्षका सुभानन धाख्वा निर्वाचित
फोटो : Rajesh Maharjan

काठमाडौं : ललितपुर महानगरको कांग्रेस सभापतिमा सुभाननरत्न धाख्वा निर्वाचित भएका छन्। धाख्वाले २८२ मत पाउँदै महानगरको सभापति पदमा जित निश्चित गरेका हुन्। उनका प्रतिद्वन्द्धी गणेशभक्त श्रेष्ठले २२१ मत पाएका थिए।

यसैगरी उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित भएका छन्। निशाले २६१ मत पाउँदा रामकुमारीले २६० मत पाएकी छन्। उपसभापतिमा निर्वाचित निशा गणेश टिमका हुन्।

यता सचिवमा भने दुबैजना धाख्वा टिमबाटै निर्वाचित भएका छन्। राजु ताम्रकार २८५ मत पाउँदै निर्वाचित भए भने सुनिलकुमार थापा २५६ मत पाउँदै सचिव पदमा विजयी भए।

सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित भए। कुमारले २४१ मत पाउँदा प्रकाशले २६३ मत पाए। निरञ्जन गणेशभक्त टिमका हुन्।

नगरसभापतिमा निर्वाचित धाख्वा संस्थापन पक्षको भएको कांग्रेस ललितपुरका सचिवमा निर्वाचित राजु ताम्रकारले बताए। 'पदाधिकारीमा निर्वाचित दुई जनाबाहेक सबै संस्थापन पक्षका हुन्,' उनले भने। पदाधिकारीमा दुई जना पौडेल पक्षको जित भएको उनले बताए। ललितपुरमा सोमवार गाउँ/नगर अधिवेशन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell