
नामै जोडिएका मणि। अर्थात्, चुडामणि। अर्बमाथि बदनीयतमा ५० लाख रुपैयाँमात्र धरौटी। १ अर्ब ३३ करोड रुपैयाँ बर्क्यौता कर छुट दिएका हुन्, उनीमाथि अन्याय किन हुन्थ्यो! जे भए पनि लोकसेवा भिड्नेका लागि किताब लेखेरै धन जोडेकै हुन्। अब त्यसमा नाम पनि जोडिदिए हुन्छ। मिनाह बदनियतपूर्वक गरेको विशेष अदालतको आदेश न हो। पछि उल्टिन के बेर! नाम भए पनि बदनाम भए पनि चर्चा चाहिँ गजबकै भयो। त्यसैले उनको मुद्दाको सन्दर्भ लोकसेवाको प्रश्नमा अटेन भने चाहिँ उनीमाथि अन्याय चाहिँ हुन्छ नै। कि कसो?