PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

घरेलु हिंसा तथा अपहरणमा केन्द्रित फिल्म ‘अञ्जली’ मंसिरमा प्रदर्शन हुने



घरेलु हिंसा तथा अपहरणमा केन्द्रित फिल्म ‘अञ्जली’ मंसिरमा प्रदर्शन हुने

काठमाडौं : दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म ‘अञ्जली’ आगामी मंसिरमा रिलिज हुने भएको छ। फाल्गुनन्द लिङ्देन फिल्म्सले निर्माण गरेको यस फिल्मको हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ।

घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्मको कथा निर्देशक दिनेश लिङ्देनले नै लेखेका हुन्।

फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सुशिल अधिकारीको छायांकन रहेको फिल्ममा पुन्य ओझाको द्वन्द्व र दिनेश माङमुको नृत्य रहेको छ। साथै निर्माताहरुमा कविता राई लिङ्देन, मनि ताम्लिङ र राम दाहाल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell