PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

थप उपचारका लागि बैंकक उडे माओवादी नेता वर्षमान पुन



थप उपचारका लागि बैंकक उडे माओवादी नेता वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। बुधवार बिहान हिमालय एअरलायन्सको विमानमार्फत उनी त्यसतर्फ उडेको उनको सचिवालयले जनाएको छ।

यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजाने छ। पुनसँगै उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती पनि बैंकक उडेकी छन्। जन्डिसका कारण पुन लामो समयदेखि अस्वस्थ रहँदै आएका छन्।

चार वर्षअघि पनि उनलाई कमलपित्तकै समस्याका कारण समितिभेजमा उपचार गराइएको थियो। त्यसअघि उनको सोही रोगको उपचार भारतको मेदान्त अस्पतालमा गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell