PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

उत्तर कोरियाद्वारा नयाँ शक्तिशाली मिसाइल परीक्षण



उत्तर कोरियाद्वारा नयाँ शक्तिशाली मिसाइल परीक्षण
फोटो : Reuters

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ। ह्वाङसङ- ८ नामक उक्त मिसाइल मंगलवार परीक्षण गरिएको बताइएको छ।

त्यहाँको सरकारी समाचार संस्था केसिएनएले यो मिसाइल पञ्चवर्षीय योजनामा रहेको पाँच महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ। यसलाई उनीहरुले सामरिक हतियारका रुपमा लिएको बिबिसीले जनाएको छ।

पछिल्लो मिसाइल तीव्र गतिको र चुस्त खालको भएको बताइएको छ। उत्तरले यसअघि पनि पटकपटक मिसाइल प्रहार गर्दै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell