PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ



युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ
File Photo: Dado Ruvić/Reuters

काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा घर भई हाल गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदिप भण्डारी र हरेक पलको खबरका नुवाकोटको सूर्यगढी गाँउपालिका-२ चोकदे घर भई हाल नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका छन्।

त्यस्तै, सराइँचुली मिडिया युट्युब च्यानलका सञ्चालक मोरङको वेलवारी नगरपालिका-९ घर भई हाल पेप्सीकोला बस्ने ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलाइन टिभीका दोलखाको मेलुङ गाउँपालिका-४ घर भई हाल गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तमाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

चारै जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो। उनीहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell