PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अख्तियारले कार्यालयमा छापा मारेर फट्याईँ गर्‍यो : मुख्यमन्त्री राउत



अख्तियारले कार्यालयमा छापा मारेर फट्याईँ गर्‍यो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यालयमा छापा मारेर फट्याईँ गरेको आरोप लगाएका छन्।

कार्यालयमा छापा परेपछि पत्रकार सम्मेलन आयोजन गर्दै मुख्यमन्त्री राउतले भने, ‘अख्तियारले छापा मारेको तरिका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्‍यो त्यो फट्याइँ हो। सहज तरिकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौँ।’

उनले सार्वजनिक खरिद ऐन अनुरुप ई-बिडिङमार्फत खरिद गरिएको साइकलमा कसरी अनियमितता भयो भन्दै प्रमाणित गर्न चुनौति समेत दिएका छन्।

‘प्रक्रियागत रुपमा अख्तियार आएको भए पनि हामी फाइल दिन्थ्यौँ। छापामार शैली अपनाइयो’, मुख्यमन्त्री राउतले अख्तियारको छापाप्रति असन्तुष्टि जनाए।

उनले प्रदेश सरकार संघीयता र सुशासनको लागि प्रतिबद्ध रहेको बताउँदै सरकारलाई बदनाम गर्नका लागि साइकल वितरणसम्बन्धि भ्रामक समाचार एक पत्रिकामा प्रकाशित गरिएको दावी समेत गरे।

राउतले भने, ‘प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय जो आफैं सुशासन कायम गर्नका लागि प्रतिबद्ध छ। आफैंले प्रदेश जनलोकपाल ल्याएको छ। संस्थाको गरिमा कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको अवस्थामा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामार शैलीको तरिका अपनाउनु बिलकुलै गलत छ।’

आफूले अख्तियारको यस्तो शैलीप्रति आपत्ति जनाउँदै अख्तियार प्रमुख प्रेम राईलाई समेत फोन गरेर गुनासो सुनाएको बताए। अख्तियार प्रमुख राईले पनि अख्तियारका कर्मचारीको तरिका ठीक नभएको कुरा आफूलाई सुनाएको उनले बताए।

प्रदेश सरकारलाई बदनाम गर्नेगरि सरकारको ब्याकबाइटिङमा लागेका केही व्यक्तिहरुको जालझेलमा परि षडयन्त्रपूर्वक तरिकाले आफूलाई बदनाम गर्न खोजिएको उनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell