PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

संसद्को गतिरोध अन्त्य गर्न देउवाले बोलाए सर्वदलीय बैठक



संसद्को गतिरोध अन्त्य गर्न देउवाले बोलाए सर्वदलीय बैठक
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। देउवाले भोलि बिहान १० बजेका लागि बालुवाटरमा सर्वदलीय बैठक बोलाएका हुन्।

संसद्को गतिरोध अन्त्य गर्न बैठक बोलाइएको बताइएको छ। संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा निमन्त्रणा गरिएको छ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाको छलफल भएपछि सर्वदलीय बैठक बोलाइएको हो। आजै माओवादी केन्द्रले बैठक बोलाउन आग्रह गरेको थियो। नेकपा (एमाले)ले संसद्को अवरोध कायम राखे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell