PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ज्वरो र खोकी देखिएपछि माधव नेपाल अस्पताल भर्ना



ज्वरो र खोकी देखिएपछि माधव नेपाल अस्पताल भर्ना
फाइल फोटो।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण नेपाल बुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको बताइएको छ। उनको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell