PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

विद्युत जामवाल अभिनित फिल्म ‘सनक’ अक्टोबर १५ मा ओटीटीमा रिलिज हुने



विद्युत जामवाल अभिनित फिल्म ‘सनक’ अक्टोबर १५ मा ओटीटीमा रिलिज हुने
Photo: indianexpress.com

महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठूला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमा हलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्लेटफर्ममा नै रोजे। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म ‘सनक’।

‘डिज्नी प्लस हटस्टार’ले इन्स्टाग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेटबारे जानकारी दिएको हो। साथै फिल्म १५ अक्टोबर २०२१ मा ‘डिज्नी प्लस हटस्टार’मै रिलिज हुने उल्लेख गरिएको छ।

 

फिल्मलाई विपुल अमृतलाल शाह र जी स्टुडियोजले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा विद्युतका साथै अभिनेत्री रुक्मिणी मैत्रा, नेहा धुपिया र चन्दन राय सान्याल लगायतको अभिनय रहेको छ। एक्सन र थ्रिलर फिल्म ‘सनक’लाई कनिष्क वर्माले निर्देशन गरेका छन्।

यसअघि विद्युत जामवाल फिल्म‘खुदा हाफिज’मा देखिएका थिए। जुन फिल्म ‘डिज्नी प्लस हटस्टार’मा नै प्रदर्शन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell