PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फ्रान्सका राजदूत बुर्बाओले राष्ट्रपति भण्डारीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र



फ्रान्सका राजदूत बुर्बाओले राष्ट्रपति भण्डारीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र
तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका नयाँ राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति भवनमा बिहीवार आयोजित समारोहमा नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्

सो अवसरमा राजदूत बुर्बाओले भने, ‘आज नेपालका माननीय राष्ट्रपतिसमक्ष मेरो ओहादाको प्रमाणपत्र पेस गर्नु मेरो लागि सम्मानको कुरा हो। म नेपाल सरकार र विभिन्न क्षेत्रका नेपाली साथीहरुसँग हाम्रो दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि तत्पर छु।’

नेपाल आउनुअघि राजदूत बुर्बाओ फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयमा वित्तीय मामिला उपनिर्देशक थिए।

राजदूत बुर्बाओले यसअघि फेज (मोक्को), दिल्ली (भारत), इस्लामाबाद (पाकिस्तान), बग्दाद (इराक)मा विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन्।

राजदूत बुर्बाओ एक करियर डिप्लोम्याट हुन्, उनले आफ्नो कूटनीतिक यात्रा १९९० मा शुरू गरेका थिए।

उनले नाइट अफ द लिजन अफ अनर, नाइट अफ द नेशनल अर्डर अफ मेरिटको सम्मान पाइसकेका छन् भने उनी अंग्रेजी, स्पेनिस, मेघरेबी अरबी, र ओरिएन्टल अरबी भाषामा पोख्त छन्।

यसैबीच, सो समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी र नर्वेका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमस हाइनरिस प्रिन्च र तोरुन ड्रामदालले पनि आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell