चीनले भारतीय सेना आफ्नो भूमितिर पस्न थालेको आरोप लगाएपछि भारतले उक्त आरोपको खण्डन गरेको छ। बुधवार चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले उक्त आरोप लगाएका थिए।
उनका अनुसार भारतीय सेना लाइन अफ एक्चुअल कन्ट्रोल(LAC) पार गर्दै चिनियाँ क्षेत्रमा प्रवेश गरेको बताएका थिए। चीनको उक्त आरोपलाई भारतीय विदेशमन्त्रालयले खारेज गरेको भारतीय समाचार संस्थाहरुले दाबी गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले यसबारे समाचा तयार पारेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले पनि यसलाई अफवाहका रुपमा लिएका छन्। यस विषयमा सतर्कता अपनाउनुपर्ने जयशंकरको भनाई रहेको छ।