PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

काठमाडौं कांग्रेसको नगर अधिवेशन : मतदान स्थगित, भोलि बिहान ९ बजेदेखि हुने



काठमाडौं कांग्रेसको नगर अधिवेशन : मतदान स्थगित, भोलि बिहान ९ बजेदेखि हुने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनको मतदान स्थगित भएको छ। मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा हुने काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्ण बाँनिया सबुजले जानकारी दिए।

काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभा गृहमा आज शुरु भएको हो। अधिवेशनको नेता प्रकाशमान सिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। अधिवेशनमा गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति कृष्ण बाँनिया सबुज, नेविसंघका महामन्त्री मनोज वैद्य, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कालगायत नेताहरु उपस्थित थिए।

महानगरको सभापतिमा तरुण दलका केन्द्रीय सदस्यसमेत रहिसकेका निलकाजी शाक्यले उम्मेद्वारी दिएका छन्। काठमाडौं महानगर वडा २५ का वडाध्यक्षसमेत रहेका शाक्य नेता प्रकाशमान सिंह निकट हुन्।

यस्तै, प्रगतिमान रञ्जितले पनि काठमाडौं महानगरको सभापतिमा मनोनयन दर्ता गरेका छन्। रञ्जित प्रकाशमान निकट भएपनि पछिल्लो पटक भीमसेनदास प्रधानसँग नजिकिएका छन्। २०४४ सालबाट नेविसंघमार्फत कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी नेपाल तरूण दल काठमाडौं महानगर समितिको संस्थापक सभापति हुन्।

यसैगरी, उपसभापतिको पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेद्वारी परेको छ। त्यस्तै, सचिवमा शुसन बैद्द, पुरुषोत्तम खकुरेल, रमेश उप्रेती र सम्झना भट्टराईले उम्मेद्वारी दिएका छन्।

यता, सहसचिव पदको लागि बिमला लामिछाने, अमृत मानन्धर, मुना सिटौला र इन्द्र रत्न बज्राचार्यको उम्मेद्वारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell