काठमाडौं : नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्।
शनिवार सम्पन्न मतदानमा उनले १५५ मत ल्याउँदा अर्का उम्मेद्वारद्वय राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए। राजाराम बुढाथोकी प्रकाशमान सिंह-गगन थापा समूहबाट निर्वाचित भएका हुन्।
नगर कार्यसमितिको उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी निर्वाचित भएका छन्।
त्यसैगरी, सहसचिव पदमा कुमार खड्का र निर्मला आचार्य (पौडेल) निर्वाचित भएका छन्।