काठमाडौं : नेपाली कांग्रेस शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ प्यानलसहित विजयी भएका छन्। शनिवार सम्पन्न मतदानमा उनले ८६ मत ल्याउँदा अर्का उम्मेद्वार सत्यमान लामाले ६८ मत ल्याए। श्रेष्ठ प्रकाशमान सिंह-गगन थापा समूहका हुन्।
२०४९ सालदेखि कांग्रेसको क्रियाशील सदस्य लिँदै ९ औँ महाधिवेशनदेखि क्षेत्रीय प्रतिनिधिको रुपमा सक्रिय रहेका श्रेष्ठ १३ औँ अधिवेशनमा साबिक शंखरापुर वडा नम्बर १० को इकाई सभापतिको रुपमा काम गरिसकेका छन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा शंखरापुर ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको प्रत्यासी समेत रहेका थिए।
राजनीतिक संस्कारमा हुर्किएका श्रेष्ठका बुवा चन्द्रमान श्रेष्ठ २०४९ सालको निर्वाचनमा साबिक पुखुलाक्षी गाविस अध्यक्षको प्रत्यासी हुँदै उपविजेता भएका थिए।
नगर कार्यसमितिको उपसभापतिमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा रनबहादुर तामाङ र स्वयम्भू लाल श्रेष्ठ निर्वाचित भएका छन्।
त्यसैगरी, सहसचिव पदमा श्रीराम लामिछाने र बसन्त थिङ निर्वाचित भएका छन्।