PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने



महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने
Photo: indianexpress.com

महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी)का हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने भएको छ। गान्धीको १५२ ‌औँ जन्मदिनको अवसरमा उनका हत्यारा गोडसेको जीवनसँग सम्बन्धित फिल्म ‘गोडसे’ बन्ने घोषणा भएको हो।

कलाकार तथा निर्देशक महेश मांजरेकरले इन्स्टाग्राममा फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेका हुन्। गान्धीलाई अहिलेसम्मकै फरक तरिकाको जन्मदिनको शुभकामना भएको र यस्तो कहानी भन्न अहिलेसम्म कसैले हिम्मत नगरेको उनले उल्लेख गरेका छन्।

‘नाथुराम गोडसेको कथा मेरो मुटुको निकै नजिक छ। यस्तो फिल्म बनाउन हिम्मत चाहिन्छ। म सधैँ गाह्रो विषयवस्तु र असम्झौतापुर्ण कथा सुनाउनमा विश्वास गर्छु। मानिसहरुलाई गोडसेको बारेमा धेरै थाहा छैन। यति मात्र थाहा छ कि उनले गान्धीको हत्या गरे। गोडसेको कथा सुनाउँदा हामी न कसैलाई बचाउन चाहन्छौँ न त कसैको बिरूद्धमा बोल्न नै चाहन्छौँ। को सही छ र को गलत छ भनेर दर्शकहरुले निर्णय गर्नेछन्,’ उनले लेखेका छन्।

 

महेशले निर्देशन गर्न लागेको यो फिल्मलाई सन्दीप सिंह र राज शांडिल्य मिलेर निर्माण गर्नेछन्। अहिले भने फिल्मको कथाको स्क्रिप्ट लेख्ने काम भइरहेको छ। साथै, फिल्म अघिल्लो वर्षबाट फ्लोरमा जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell