PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक



फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक

काठमाडौं : निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।

जातको कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःख र पिडालाई  सार्वजनिक ट्रेलरमा देखाइएको छ। फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, उतम केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौं र चित्लाङ आसपासका स्थानमा फिल्मको छायांकन गरिएको हो। फिल्म असोज २६ गते दशैंको अवसर पारेर हलमा रिलिज हुनेछ। ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुने छ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहको छ भने फिल्मको कथा रामकाजी घिमिरेको लेखेका हुन्।

सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा रामजी राउत मुख्य सहायक निर्देशक र आकाश बुढाथोकी सहायक निर्देशक रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell