PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कांग्रेस महाधिवेशन : पौडेल पक्षको अनुपस्थितिमा हुम्लाको सभापतिमा मोहन बिक्रम सिंह सर्वसम्मत चयन



कांग्रेस महाधिवेशन : पौडेल पक्षको अनुपस्थितिमा हुम्लाको सभापतिमा मोहन बिक्रम सिंह सर्वसम्मत चयन

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लामा भएको सातौँ अधिवेशनमा मोहन बिक्रम सिंह सभापतिमा चयन भएका छन्। निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार निर्वाचन कार्यतालिका अनुसार असन्तुष्ट पक्ष अनुपस्थित हुँदा संस्थापन पक्षबाट सर्वसम्मत जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन गरिएको हो।

नयाँ कार्यसमितिमा असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति छैन। पौडेल पक्षले अधिवेशनको निर्वाचन प्रक्रियामा भाग लिएन, जसले गर्दा पनि संस्थापन पक्षका निर्विरोध चयन भएका हुन्।

उपसभापतिमा कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा विजय बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङलगायत २४ जना कार्यसमिति चयन भएका छन्। उनीहरु सबै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पक्षका हुन्।

त्यस्तै, अधिवेशनले २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरेको छ। जसमा जयपति रोकाया, पदम बहादुर लामा, कर्णबहादुर रावल, मंगल बहादुर शाही, राजबहादुर रोकाया, चन्द्र रावल, सूर्यबहादुर लामा, धर्मराज जैशी, अर्जुन महतारा, शुशिला रोकाया, रिता लामा, मधु शाही, रंगमति शाही रहेका छन्।

त्यसैगरी, बखत बहादुर शाही, गणेश बहादुर महत, पदम बहादुर शाही, जुनराज हमाल, उषा रोकाया, डोमा शाही लामा, तुली भण्डारी, जनक बहादुर शाही, दलसरा परियार, रामबहादुर टमटा, पेमा डोमा लामा र मिमबहादुर तामाङ पनि चयन भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीको गृह जिल्ला हुम्लामा स्थानीय तहदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षको वर्चश्व देखिएको छ। शाही देउवा निकट मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell