PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वीरगंज बसपार्कमा सञ्चालनमा आयो यात्रु सहायता कक्ष



वीरगंज बसपार्कमा सञ्चालनमा आयो यात्रु सहायता कक्ष

वीरगंज : वीरगंज बसपार्क भानुचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले पर्सा प्रहरी र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त प्रयासमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो।

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संयुक्त रुपमा यात्रु सहायता कक्षको उद्घाटन गरे। सोही अवसरमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो।

शिविरमा १५० जना चालक तथा सहचालकले स्वास्थ्य परीक्षण तथा आँखा जाँच गर्नुका साथै कोरोनाबाट बच्न मास्क वितरण गरिएको थियो। सो क्रममा सार्वजनिक सवारी साधनहरूको अनुगमन पनि गरिएको थियो।

स्वास्थ्य शिविर वीरगंज सामुदायिक आँखा एवं दाँत सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु, पहल संस्था, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुले सहयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell