काठमाडौं : काठमाडौंस्थित चन्द्रगिरी नगरपालिकाको कांग्रेस नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। आइतवार राति अबेर सहमति भएपछि चन्द्रगिरी नगरको कांग्रेस सभापतिमा घनश्याम गिरी सर्वसम्मत चयन भएका हुन्। उनी नेता प्रकाशमान सिंह र गगन थापा समूहका हुन्।
यसैगरी उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ चयन भए। यता सचिवमा भने राजेन्द्र महर्जन र नवीन महर्जन चयन भए।
सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिए। कोषाध्यक्ष मञ्जयप्रकाश श्रेष्ठ भए।