PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

संखुवासभाको कांग्रेस सभापतिमा दिपक खड्का विजयी



संखुवासभाको कांग्रेस सभापतिमा दिपक खड्का विजयी

काठमाडौं : नेपाली कांग्रेस संखुवा सखुवासभाको सभापतिमा दिपक खड्का विजयी भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट खड्काले ११९८ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी राईमान राईले ११० मतमात्र पाए। राई सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।

जिल्ला निर्वाचन अधिकृत भरतराज उपाध्यायले  खड्का सभापतिमा निर्वाचित भएको पुष्टि गरे। यद्यपि यसको आधिकारिक परिणाम आउन केही बेर लाग्ने उपाध्यायले बताए। 'सभापतिमा दीपक खड्का विजयी हुनुभएको हो। कार्यसमितिको लगभग टुंगो लागिसकेको छ। आधिकारिक मतपरिणाम केही बेरमा सार्वजनिक हुन्छ,' उपाध्यायले भने।

हामीलाई प्राप्त जानकारीअनुसार जिल्ला उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली निर्वाचित भएका छन्। यता सचिवमा कुमारबाबु अधिकारी र टकमान घले र सहसचिवमा सुवास कालाखेती र किशोर गुरूङ निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell