PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

दोलखा कांग्रेसको सभापतिमा पौडेल पक्षका बर्मा लामा विजयी



दोलखा कांग्रेसको सभापतिमा पौडेल पक्षका बर्मा लामा विजयी

काठमाडौं : नेपाली कांग्रेस दोलखाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा विजयी भएका छन्। पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्।

सोमवार भएको मतदानमा लामाले ८७७ मत पाए। उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत प्राप्त गरे। मतदानमा कुल १३७३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याएका लामा र खड्काबीच प्रतिस्पर्धा भएको हो। खड्का सिटौला पक्षका हुन्।

पहिलो चरणको मतदानमा लामाले ६४३ मत प्राप्त गरेका थिए भने खड्काले ३९७ मत पाएका थिए। रुद्रबहादुर खड्काले ३५८ मत ल्याउँदा केशवराज चौलागाईंले ९५ मत पाएका थिए। रुद्रबहादुर सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell