PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगर, नागार्जुन नगरपालिका र आश्रमबीच सम्झौता



मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगर, नागार्जुन नगरपालिका र आश्रमबीच सम्झौता

काठमाडौं : मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र मानवसेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार भवनको नाम ‘शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ रहने भएको छ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापन गरिरहेको मानवसेवा आश्रमको भवन निर्माणका लागि आज एक समारोहका बीच काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर खड्का र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त भवन निर्माणका लागि नागार्जुन नगरपालिकाले वडा नम्बर ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको जग्गा उपलब्ध गराएको छ। त्यसको निर्माणका लागि काठमाडौं महानगरपालिकाले द्विवर्षीय योजना अन्तर्गत बजेटको व्यवस्थापन गर्ने छ।

त्यस्तै, मानवसेवा आश्रमले काठमाडौं महानगर र नागार्जुन नगरपालिका क्षेत्रभित्र भेटिएकाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ।

भवन निर्माणको कार्य २०७८ भित्र शुरु भई २०८० भित्रमा सम्पन्न गर्ने उल्लेख छ। यस कार्यका लागि आवश्यक प्राविधिक सहयोग, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरिवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने जिम्मेवारी नागार्जुन नगरपालिकाको रहने छ।

सम्झौता कार्यक्रमको अध्यक्षता नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले गरेका थिए। त्यस्तै प्रमुख अतिथिको रुपमा कार्यक्रम काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य रहेका थिए। यस्तै दुवै स्थानीय तहका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell