जनकपुरधाम : जनकपुरधाममा ‘गो ब्याक चाईना’ भन्दै युवाले जुलुस प्रदर्शन गरेका छन्।
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक युवा संघ धनुषाको अगुवाईमा चीनले सीमावर्ती क्षेत्रमा सीमा अतिक्रमण गरेको भन्दै सोमवार जनकपुरधाममा प्रदर्शन गरिएको हो।
चीनले सीमा अतिक्रमण गर्दा पनि संघीय सरकार केही नबोलेकोले सोको विरोधमा प्रदर्शन गरिएको संयोजक प्रशान्त झाले बताए।
झाको अगुवाईमा निस्केको जुलुस प्रदर्शन नगरको परिक्रमा गर्दै रेल्वे स्टेशन, भानु चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।