PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा देखियो समस्या



फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा देखियो समस्या
Photo: usanewshour.com

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अहिले डाउन छन्। मेजर इस्यूका कारण तीनै सञ्जाल नचलेको बताइएको छ

तीनै एप्स फेसबुकको स्वामित्वमा छन् र सबै साझा पूर्वाधारमा आधारित भएर चल्ने गरेका छन्। केही बेर पहिले देखि तीनै एप चल्न छाडेको थियो। फेसबुकको अन्य प्रडक्ट फेसबुक वर्कप्लेस पनि अहिले बन्द छन्।

फेसबुकमा लग इन गर्दा इरर देखाउने गरेको छ। ह्वाट्सएप र इन्स्टाग्राम एप्सले काम गर्न जारी राखे पनि समस्याको बेला पठाइएको वा प्राप्त कुनै पनि नयाँ सामग्री देखिएको छैन।

फेसबुकमा प्राविधिक समस्या विरलै हुन्छ तर बेलाबेलामा आउने यस्ता समस्याको प्रभाव भने अधिक हुन्छ। यसकारण पनि कि संसारका तीन ठूला एप प्रभावित हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell