PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'बाघ बन्न चाहने बिरालो' प्रकाशित



'बाघ बन्न चाहने बिरालो' प्रकाशित

काठमाडौं : कथालय इन्कले जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक 'बाघ बन्न चाहने बिरालो' नेपालीमा प्रकाशित गरेको छ। पुस्तकको नेपाली अनुवाद विनोद भण्डारीले गरेका हुन्। पुस्तक पाटे नामक बिरालोमा आधारित छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ।

पाटे बाघजस्तो बन्न चाहे पनि सानो बिरालो अनुहारले उसलाई झस्काउँछ। यद्यपि उसको मिहिनेत जारी रहन्छ। बालबालिकामा पुस्तक पढेपछि आफुले सोचेको र चाहेको काम मिहिनेतसाथ गर्‍यो भने पक्कै पूरा हुनसक्छ भन्ने हौसला दिन्छ। ३२ पृष्ठको यस चित्रकथाको मुल्य २२५ रुपैँया तोकिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell